
काठमाडौं / अार्मट नेपाल अान्नद मार्ग राहात उदार टाेली नेपालले महाेत्तरी जिल्लाका बाढी पीडितहरूलाई सहयाेग गरेकाे छ । अार्मटले महाेत्तरी जिल्लाकाे सर्पल्लाे,झिङगास्थान मनरा गाउँपालिकाका २ सय ५0 घरधुरीलाई करिव साढे २ लाख वरावरकाे राहात सामाग्री हस्तान्तरण गरेकाे हाे । अार्मट नेपालकाे अध्यक्ष नवराज वहादुर जिसी, सचिव साेफियां कार्की र राष्ट्रिय जनमाेर्चाका युवा नेता राेसन दानीले संयुक्तरूपमा राहात हस्तान्तरण गरेका हुन । बाढी प्रभावित क्षेत्रमा संस्थाले त्रिपाल, मच्छर जाली, १ हजार किलाे चिउरा दालमाेट सर्खर लगायत सामाग्री प्रदान गरेकाे थियाे । अार्मट नेपालकी सचिव साेफिया कार्कीले वाकी प्रभावित जिल्लाहरूमा राहात तथा उद्धार मा तदारुकता दिने वताईन । सस्थाका अध्यक्ष नवराज वहादुर विसीले तराईका जिल्लाहरूमा परेकाे समस्या समाधान गर्न राज्यकाे मात्र भर नपरि समस्या समाधान गर्न सवै नागरिकको कर्तव्य रहेकाे वताए । राष्ट्रिय जनमाेचाका युवा नेता राेसन दानी क्षेत्रीले समाजमा विध्यमान समस्या हल गर्न राज्य गम्भीर नभएकाे वताउदै उनले संकटकाे घडिमा सवै नेपाली जनताहरू एक हुनु पर्ने वताए । अार्मटले भुकम्प प्रभावित क्षेत्रहरूमा, स्वास्थ्य,शिक्षा,खानेपानी, अावास लगायत क्षेत्रमा काम गर्दै अाई रहेकाे छ । सिन्धुपाल्चोकका विभिन्न क्षेत्रमा विद्यालय निर्माण लगायत कार्य गर्दै अाई रहेकाे छ ।