गायक बिनोद कार्की र बर्सना श्रेष्ठ को स्वरमा रहेको ‘बर्ष दिन पछि ’बोलको गीत सार्वजनिक भएको छ । अस्ट्रेलियामा रहेको नेपाली म्युजिकल समुह TRIUMPH BAND को सहयोगमा सो गीत सार्बजनिक गरिएको हो। बिदेशी भुमि मा रहेर पनि गीतसंगीतको क्षेत्रमा निरन्तर काम गरिरहेको उक्त समुहले बिभिन्न समयमा सांगीतिक कन्सर्ट गरिरहेको हुन्छ।
राजु खयाजुको शब्द तथा सन्जिब , बिनोद र सुरेनको संगीतमा तयार भएको “बर्ष दिन पछि” KoHo? Production नामक Youtube Channel मार्फत आज सार्बजनिक भएको हो। गीतकार राजु गीतलाई दर्शक तथा श्रोताले मन पराउनेमा ढुक्क छन्। नेपाली कला सस्कृति र भाषाको जगेर्ना गर्न देशमै हुनु पर्दैन भन्ने राम्रो संदेश बोकेको यो Team ले समयअनुकुल येस्तै बिभिन्न गीत सार्बजनिक गरिरहेको हुन्छ।
MR MUSIC “ COBWEB” मा रेकर्ड भएको यो गीत को भिडियोमा गौरभ पहारी , प्रियाना आचार्य र कमलमणि ले अभिनय गर्नुभएको छ यस्तै भिडियोमा TRIUMPH BAND का टिम लाई पनि देख्न सकिन्छ ।
नेपालको लोकप्रिय हाँस्य टेलिशृंखला ‘सक्कीगोनी’का कलाकार समेत रहनु भएका पछिल्लो समयका ब्यस्त मुजिक भिडियो डिरेक्टर दिपक आचार्यले गीतको निर्देशन गरेका हुन्।
Leave a Reply
You must be logged in to post a comment.