बीबीसी मिडिया एक्सनको कार्यक्रम ‘साझा सवाल’ बन्द

बीबीसी मिडिया एक्सन (पहिले बीबीसी वर्ल्ड सर्भिस ट्रस्ट) को बहसमूलक साप्‍ताहिक कार्यक्रम ‘साझा सवाल’ बन्द भएको छ। १० वर्ष पहिले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग २०६४ मंसिर २ गते विराटनगरमा बहस गरेर सुरु भएको ‘साझा सवाल’ को अन्तिम कार्यक्रम पनि विराटनगरमै गएर सकिएको हो।



jibss

पहिलो कार्यक्रममा प्रधानमन्त्री कोइरालालाई पहिलो प्रश्न गर्ने रेजिना निरौलासहित एमाले नेता लालबाबु पण्डित र कांग्रेस नेता मिनेन्द्र रिजाललाई अतिथिका रुपमा बोलाइएको थियो।

साझा सवालले आफनो ट्विटर पेज मार्फत् उक्त कुराको जानकारी दिएको छ ।