बेलायतको हेरियट वाट विश्वविद्यालय दुबईको फ्रि सेमिनार भोली, परामर्शको लागी उचित गन्तब्य

325

काठमाण्डौँ, चैत्र २८ । बेलायतको हेरियट वाट विश्वविद्यालयको दुबई शाखामा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी नेपालमा एक दिने सेमिनार हुने भएको छ । हेरियट वाट दुबई क्याम्पसले शुक्रबार काठमाण्डौँमा गर्न लागेको एक दिने सेमीनारमा भाग लिई शैक्षिक प्रणाली र नेपाली बिधार्थीहरू यस युनिभर्सिटीमा रहेको उपस्थिति का बारेमा जानकारी लिन सक्नेछन् ।

सेमिनारले बिधार्थी र अभिभावक हरू लाई परामर्श प्रदान गर्न भरपुर सहयोग मिल्ने कार्यक्रमका संयोजक राम शरण ढकालले सेतोखबरलाई जानकारी दिए ।

ढकाले भने “विद्यार्थी तथा अभिभावक उपस्थित भई यस विश्वविद्यालय, यहाँ पढाइने विषयहरु र दुबई शहरको बारेमा उपलब्धि मूलक जानकारी लिन यो कार्यक्रम राम्रो प्लेटफर्म हुन सक्छ । ”

“नेपाली बिधार्थी हरू लाई सहजै यात्रा गर्न सकिने, बिश्वस्तरिय गुणस्तरीय शिक्षा र व्यावसायिक शिक्षाका लागि बेलायतको विश्वविख्यात युर्निभर्सिटिको बारेमा जानकारी लिनको लागी उपस्थित हुन आग्रह गर्दछु ” ढकाले भने ।

एक दिने सेमिनारमा सहभागिता जनाउने विद्यार्थीहरुलाई विशेष छुट तथा छात्रवृतीको व्यवस्था गरिएको छ ।

नेपालको विभिन्न आधा दर्जन भन्दा धेरे शैक्षिक परामर्शदाता संस्थाहरुको सहभागितामा आयोजना हुन गइरहेको यस सेमिनारमा पहिलो पटक दुबईबाट विश्वविद्यालयको प्रतिनिधिहरु उपस्थिती भई परामर्श प्रदान गर्ने छन् ।

एक्टिभ सीनर्जी, लाईफ ट्रयाक, टिम कन्सल्ट, स्कुलिङ्ग एब्रोड, अनट्रयाक, इ–भाइबस् र आइडिबि नेपाल को सहकार्यमा यो सेमीनार हुन लागेको हो ।