
काठमाडौँ । सरकारले कलंकी–नागढुंगा, चाबहिल–जोरपाटी सडक आगामी भदौ १५ गतेभित्र कालोपत्र गरिसक्ने भएको छ ।
पानी पर्दा हिलो र घाम लाग्दा धुलो उडेर स्थानीय बासिन्दा पीडित भएको चर्को गुनासो आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष निर्देशनमा नै ती सडक आगामी भदौ १५ गतेभित्र निर्माण सम्पन्न गर्न लागिएको हो । यो खबर आजको नेपाल समाचारपत्रमा छपिएको छ ।