
काठमाडौं,भदौं १४ – आजबाट काठमाडौंमा सुरु हुन गइरहेको बिमस्टेक सम्मेलनमा सहभागी हुनका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन । उनी आज (बिहीबार ) बिहान ९ बजे विशेष विमानबाट काठमाडौं आइपुगेका हुन ।
मोदीलाई विमानस्थलमा रक्षा मन्त्री ईश्वर पोखरेल लगायतले स्वागत गरेका थिए । मोदी विमानस्थलबाटै पशुपतिनाथ दर्शनका लागि जाने कार्यक्रम छ । पशुपतिमा पूजाअर्चनापछि सम्मेलनमा भाग लिन सोल्टी होटल जाने कार्यक्रम छ ।