भूकम्प पीडितलाई आवास निर्माणका लागि दोस्रो किस्ता बुझ्ने समय थप

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडितलाई निजी आवास निर्माणका लागि समय थप गरेको छ । बैठकल शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको बसेको बैठकले चैत मसान्तसम्म दोस्रो किस्ता लिन पाउने गरी समय थप गरेको हो । यस अघि पुससम्म मात्र दोस्रो किस्ता लिन पाउने समय रहेको थियो ।

प्राधिकरणका अनुसार अनुदानका लागि ६ लाख ८४ हजार ४ सय ६८ लाभग्राहीले सम्झौता गरेका थिए । त्यसमध्ये ६ लाख ७१ हजार ५ सय ७७ जनाले पहिलो किस्ता बुझेका थिए भने १ लाख ६६ हजार ३ सय २० जनाले मात्र दोस्रो किस्ता वापतको रकम बुझेका छन् ।

हालसम्म २ लाख ९५ हजार ३ सय ४४ वटा घर निर्माणाधिन अवस्थामा रहेको प्राधिकरणले जानकारी दिएको छ । यस्तै ९५ हजार ७ सय घर भने निर्माण सम्पन्न भइसकेको छ । जसमा ४१ हजार लाभग्राहीले तस्रो किस्ता वापतको रकम समेत लिइसकेका छन्