
आर्थिक अभावले दुवै मृगौला फेल भएका युवकको उपचारका लागि समस्या परकोले आर्थिक सहयोगको लागि सहयोगी मनहरुसँग सहयोग मागिरहेका छन् ।
ललितपुरको अग्निशाल, पाटन बस्ने वर्ष २२ का रोजल महर्जन ललितपुरको कुमारी पाटीमा रहेको क्यास्पियन भ्याली कलेजमा स्नातक अन्तिम वर्षमा अध्ययनरत छात्र हुन् । महर्जनको दुई वटै मृगौला फेल भएपछि उपचारका लागि आर्थिक संकलनका लागि गुहारिरहेका छन ।
बुबाको पनि ४ वर्ष अगाडि नै मृत्यू भैसकेको, विहिनीको पढाइ, मेरो पनि पढाई र उपचार खर्चले आमालाई समस्या परेको मृगौला रोगका पिडित रोजन महर्जनले दैनिकीन्युजसँग दुखेसो पोखे । ‘आमाको पनि स्थायी आम्दानीको स्रोत छैन’ उनले भने ।
२२ बर्षिय रोजल महर्जनले लगनखेलस्थित पाटन हस्पिटलमा नियमित डाईलोसिस गरिरहेका छन् । डाईलोसिस निःशुल्क भएपनि रगत चढाउनु पर्दा र सुई लगाउनु पर्दा पैसा आफैले तिर्नुपर्छ । हप्तामा दुई पटक डाइलोसिस गर्नुपर्छ । त्यतिवेला कम्तिमा तीन हजार रुपैया खर्च लाग्छ । म कसरी खर्च जुटाउँ रु रोजनका आमा अन्जु महर्जनले समस्या सुनाउँदै भनिन ‘छोरालाई बचाउन डाईलोसिसले मात्र हुँदैन । मृगौला नै प्रत्यारोपण गर्नुपर्छ । छोराको ब्लड ग्रुप ए+ हो । सहयोग गर्ने कोही छैनन् । किनेर प्रत्यारोपण गर्ने सामथ्र्य छैन । कसरी छोरा बचाउँ रु डाक्टरले ५ देखि ६ महिनाभित्र मृगौला प्रत्यारोपण गरिसक्नु भनेको छ ।’
‘श्रीमान् पनि सामान्य काम गर्नुहुन्थ्योे । एक छोरा, एक छोरी । चार जनाको परिवार । राम्रैसँग चलेको थियो । त्यही विचमा श्रीमान्को पनि मृत्यू भयो’, अन्जुले भनिन ‘श्रीमान वितेपनि छोराछोरीको मुख हेरर बसे । दुःखजिलो गरेर छोराछोरी हुर्काए तर केही बर्षमै अर्को बज्रपात सुन्नु पर्यो । छोराको दुवै मृगौला फेल भयो । मेरो भाग्य नै दुःख पाउन लेखेको रहेछ । म के गरुँ । काहाँ जाउँ । कसरी छोराको किड्नी फेरु ?, सरकारले ५ लाख दिने भएपनि सबै उपचार गर्न कम्तिमा पनि ५० लाख लाग्ने डाक्टरहरु बताउँछन् ।’
स्थायी आम्दानी पनि केही छैन । घरमा सम्पत्ति पनि खासै छैन । कहिले काँही अरुको घरमा ज्याला मजदुरी गरेर गुजरा चलाएकी छु । म के गरुँ ? आफैलाई सम्हाल्न सकिरहेकी छैन अन्जुले भक्कानिदै भनिन ‘हे भगवान ! सहने शक्ति देउ । कति पिडा मात्रै दिन्छौ ।’
छोरा बचाउन उनले सहयोगको याचना गरेकी छन् । उनको सम्पर्क नम्बर ९८४३८०२६२१ रहेको छ । सहयोग गर्न चाहने महानुभावहरुले रोजल महर्जनको नाममा रहेको सिद्धार्थ बैंक कुमारी पाटी शाखाको खाता नम्बर ०१८१५३८२३८० मा अथवा एनआईशि एशिया बैंकको खुमलटार शाखाको खाता नम्बर २७८७७७७०८६५२४००१ मा आवश्यक सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ ।