चन्द्रागिरि ।
चन्द्रागिरि नगारपालिका १ नागढुङ्गा चोकबाट ट्राफिक जाम न्युनीकरण तथा सडक सुधार अभियान सुरू भएको छ । चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, विभिन्न वडाका वडा अध्यक्षहरू लगायत सयाैँ स्थानीयहरूको सहभागितामा नागढुङ्गादेखी कलंकीसम्मको सडकमा भएका खाल्टाखुल्टीहरू पुर्ने कार्यहरू सुरू भएको हो । कलंकी नागढुङ्गा सडक विस्तारको कार्य सुस्त हुँदा बढेको ट्राफिक जाम हुँदा सो सडक मार्ग हुँदै अावत गर्ने यात्रुहरूले निकै सास्ती खेप्न परेको भन्दै ट्राफिक जाम न्युनीकरण र सडक सुधारका लागि नेपाली काँग्रेस चन्द्रागिरि नगर कार्य समितिको अगुवाइमा अभियान सुरू भएको हो ।
हेराैँ केहि तस्विरहरू
तस्विरहरू प्रकाश पोखरेलबाट साभार
Leave a Reply
You must be logged in to post a comment.