online license form

यातायात विभागमा स्मार्टकार्ड (लाइसेन्स) सकियो, छपाई ठप्प

यातायात ब्यवस्था विभागमा स्मार्टकार्ड (लाइसेन्स) सकिएको छ। कार्ड सकिएपछि शुक्रबारबाट छपाई ठप्प भएको विभागका महानिर्देशक रुपनारायण भट्टराइले बताए।

भन्सारमा १ लाख ३ हजार कार्ड आएर रोकिएको उनले जानकारी दिए।

‘कार्ड छुटाउन चेक पठाइसकेको छु,भन्सार क्लियर भयो भने आइतबार आइपुग्छ’ उनले भने।

त्यस्तै आगामी १० दिनमा पछिल्लो ठेक्का ७ लाख ५० हजार कार्ड मध्यको साढे ३ लाख र त्यसको १ महिनामा ४ लाख कार्ड आउने भट्टराइले जानकारी दिए।

यसले असार सम्मलाई पुग्ने विभागको अनुमान छ।

आगामी आर्थिक वर्षमा कार्ड अभाव हुन नदिन असार सम्ममा अर्को टेन्डर एग्रिमेन्ट गरिसक्नुपर्ने विभागले जानकारी दिएको छ।

अब हुने २० लाख कार्डको ठेक्काको लागि फाइल मन्त्रालयमा पुगेको र प्रकृया चलिरहेको भट्टराईले जानकारी दिए। त्यसको लागि सबै आवश्यक कागजपत्र विभागले तयार पारिसकेको उनले बताए।