काठमाडौ
राेसन दानी
यातायात व्यवसायी महासंघ संयुक्त अान्दोलन मुलु समितिकाे वैठकवाट प्रहरी प्रशासनले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्यसहित ५ पदाधिकारीलाई प्रहरीले पक्राउ गरि हस्तक्षेप गरेकाे भन्दै घाेर भत्सर्ना गरेकाे छ । कर्माचार्य आन्दोलन मूल समितिको संयोजक पनि हुन् ।
यातायात व्यवसायी महासंघ संयुक्त अान्दोलन मुलु समिति सह संयाेजक अर्जुन रानाभाटले विज्ञप्ति निकाल्दै पक्राउ परेका व्यवसायीलाई नछाडे २७ गतेदेखिको अनिश्चितकालीन हड्ताललाई अघि सार्ने चेतावनी दिएका हुन ।
विज्ञप्तिमा भनिएको छ,”शार्वजनिक यातायात क्षेत्रमा देखिएकाे समसामयिक बिद्यमान समस्याहरूकाे स्थाई समाधानकाे लागि यातायात संग सम्बन्धित महासंघले उठान गरेका मागहरूलाई वार्ता द्रारा समस्या समाधान गर्न अपिल गर्दछाै अन्यथा कडा भन्दा कडा अान्दोलन गर्न हामी वाध्य हुनेछाै,सम्भावित दुर्घटना नियुनिकरण गर्न प्रकाउ गरेका लाई विना सर्त रिहाइको माग गर्दछ विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रिय ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय काेषाध्यक्ष राजेन्द्र विक्रम बाँनियाले तानाशाही प्रवृत्ति हावी भएकाे हुदा एकलाैटी ढङ्गले सरकार लागि परेकाे वताए ।
महासंघले शुक्रबार सिन्डिकेट हटाउने सरकारी निर्णयको बिरोधमा सांकेतिक हड्ताल गरेको थियो । तर, सरकारले शुक्रबार नै सेवा रोक्ने संघ तथा समितिका पदाधकिारीलाई पक्राउ गर्न सुरु गरेको थियो ।
शुक्रबार राति नै महासंघले एक विज्ञप्ति निकालेर आफ्ना पक्राउ परेका व्यवसायीलाई छाड्न सरकारसाग माग गरेको थियो ।
यही विषयमा छलफल गर्न शनिबार सााझ जम्मा भएका महासंघका पदाधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कर्माचार्यसँगै उपाध्यक्ष विजय स्वाँर, बसन्त भण्डारी, धर्म धिमाल, किरण खड्का छन् ।
महासचिव सरोज सिटौला शुक्रबारदेखि नै प्रहरी नियन्त्रणमा छन् ।
Leave a Reply
You must be logged in to post a comment.