
चन्द्रागिरि ।
नेपाली काँग्रेसले सरकारमा सहभागि हुने १० जना मन्त्रीकाे नाम छनौट गरेको छ। कांग्रेसबाट मन्त्री बन्नेमा भीमसेन दास प्रधान रक्षा, बीरबहादुर बलायर भौतिक पूर्वाधार तथा यातायात्र, यज्ञबहादुर थापा कानुन, मीन विश्वकर्मालाई वाणिज्य मन्त्रालयको जिम्मा दिइएको छ।
यस्तै मोहन बस्नेत सूचना तथा सञ्चार, सञ्जय गौतम सिँचाई, रामकृष्ण यादव कृषि, राजन केसी युवा तथा खेलुकद मन्त्रीमा सिफारिस भएका छन्। अम्बिका बस्नेतलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ भने महेन्द्र यादवलाई खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी दिइएको छ।
युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका केसीले दोश्रो संविधान सभा निर्वाचनमा नेकपा माअोवादी केन्द्रका अध्यक्ष प्रचण्डालार्इ पराजित गरेका थिए ।