राप्रपाको निर्वाचन घोषणा पत्र, हिन्दु राष्ट्र घोषणा देखी सक्षारता शतप्रतिशत बनाउनेसम्मका लक्ष्य

संसदको चैथो ठुलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले असन्न स्थानीय निर्वाचनका लागि आफ्नो घोषणा पत्र जारी गरेको छ । सो पार्टीले स्थानीय निर्वाचनमा चन्द्रागिरि नगरपालिकामा आफ्नो तर्फबाट मेयरमा पुर्व केन्द्रीय सदस्य मदन थापा मगर तथा उप मेयरमा देवी भण्डारी वस्तीलार्इ उम्मेदवार बनाएको छ । नेपाललार्इ हिन्दु राष्ट्र बनाउने, बुद्ध धर्मका अनुयायीलार्इ नेपाल भित्र्याइ पर्यटकीय सम्भावनालार्इ वृद्धिगर्ने, एक परिवार एक रोजागारको व्यवस्था गर्ने, सामाजिक सुरक्षा भत्त वृद्धि गर्ने अदी राप्रपाको असन्न स्थानीय निर्वाचनका लागि जारी घोषणा पत्रमा उल्लेख गरिएको छ । नगरप्रमुखको जिम्मेवारी पाएमा स्वास्थ्य सेवाका लागि अावश्यक कार्यहरू, युवा रोजगारीका लागि विशेष पहल, स्थानीय उध्योगको विस्तार एंव स्तरीकरण, धर्म संस्कृतिको संरक्षण तथा संवर्द्धनमा विशेष जोड दिने मेयरका उम्मेदवार थापा मगरले बताए । चन्द्रागिरिन्युज सँगको संक्षिप्त कुराकानीका क्रममा उनले विद्युत, खानेपानी लगायत नगरको दिगो विकासका लागि समयानुसार पहल कदमी चाल्ने धारणा व्यक्त गरे । आफ्नो पार्टीले सार्वजनिक गरेको घोषणा पत्र अनुसारका लक्ष्यहरू हासिल गर्न अफुहरू सक्षम रहेको दाबी गर्दै चन्द्रागिरि नगरको साक्षरतादर शतप्रतिशतसम्म बनाउने, स्वास्थ्य बिमा, तथा स्थानीय स्तरमा २५ शैयाका अस्पतालहरू समेत स्थापना गरिने बताए । अाफ्नो ३ दशक भन्दा लामो समाजसेवाको अनुभव स्थानीय निकायको विकास र संवृद्धिका लागि दृढ भएर खर्चने राप्रपा का नेता एवं चन्द्रागिरि नगरपालिकाका मेयर पदका उम्मेदवार मदन थापामगरको भनार्इ छ ।