ललितपुर महानगरले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई एक लाख दिने

534

ललितपुर, २१ जेठ । ललितपुर महानगरपालिकाले कोभिड–१९ संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।

आज (शुक्रबार) कोभिड–१९ विषयक पत्रकार सम्मेलन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकामा स्थायी रूपमा बसोबास गर्ने व्यक्तिहरूलाई कोभिड–१९ संक्रमित भई उपचारको क्रममा निधन भएमा निजको परिवारलाई महानगरपालिकाले प्रति मृतक एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको बताए ।

त्यस्तै आईसीर्यू तथा भेन्टिलेटरमा उपचार गरेर निको भएकाहरूलाई जनही ५० हजार रुपैयाँ र अस्पताल भर्ना भएर कोभिड–१९ जितेकाहरूलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने निर्णय पनि भएको उनले बताए । महानगरपालिकाबाट सहयोग लिनका लागि सिफारिसपत्रलगायत आवश्यक कागजपत्र आवश्यक पर्ने पनि जनाइएको छ ।