
चन्द्रागिरी जेष्ठ, राेसन दानी | सामाजिक रूपान्तरणमा जाेड दिदै अाएकाे लायन्स क्ल्ब अफ काठमाडौँ चन्द्रागिरी तीन सय भन्दा वढि विद्यार्थीकाे निशुल्क अाँखा जाँच गरेकाे छ । राजधानीकाे पश्चिमी ग्रामीण भेग वाडभञ्ज्याङ्गमा रहेकाे श्री चण्डीका देवी माध्यमिक विद्यालयका करिव तीन सय भन्दा वढि विद्यार्थीहरूकाे अाँखा जाँच गरिएकाे हाे । नेपाल आँखा अस्पताल त्रिपुरेश्वोर को प्राबिधिक सहयोग मा तिन सय जना भन्दा वढि विद्यार्थी लगायत स्थानीय बासिन्दा हरु को आँखा जाच गरियको लायन्स क्ल्ब अफ काठमाडौँ चन्द्रागिरीकी डाइरेक्टर तथा कार्यक्रम संचालक बिमला पोख्रेल ले जानकारी दिईन । कार्यक्रमकाे उद्घाटन समारोह मा बोल्दै पास्ट डिस्ट्रिक गभर्नर लायन एम डि अग्रवाल ले विद्यार्थीहरूको पहिलो गुरू बुबा आमा र त्यसपश्चात स्कूल का गुरु भएको स्मरण गर्दै देश समृद्धि को एउटा अंग लायन्स क्ल्ब भएकाेले भबिस्यका कर्णधार हरुको लागि यस्ता कार्यक्रम को औचित्य रहेको र भबिस्य मा यस्ता कार्यक्रम लाइ लायन्स क्लब ले निरन्तरता दिने वताए । कार्यक्रममा वाेल्दै लायन्स क्लबका जोन चेयर पर्सन सोमन पुडासैनी , महानगरीय प्रहरी वृत्त थानकोट प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपाल ले समुदाय्का सबै वर्ग लाइ समेटेर यस्ता कार्यक्रम हरु गर्दा सार्थक हुने अाैल्याएका थिए । कार्यक्रममा बोल्दै लायन्स क्ल्ब अफ काठमाडौँ चन्द्रागिरी अध्यक्ष मन मैया गिरीले लायन्स ले बिगत मा गरेका सामाजिक गतिबिधि हरु को बारेमा चर्चा गर्दै मानबिय सेवा नै धर्म हो रोग लागेर उपचार गराउनु पूर्व गरिने यस्ता कार्यहरुले विद्यार्थीहरूकाे स्वास्थ्य मा सजग रहन राेकथाम को लागि महत्वपुर्ण पाटो साबित हुने वताईन । कार्यक्रम बेबस्थापनका जिम्मेवारी पाएका सस्थाका सचिब रेशम दवाडीले ग्रामीण भेगका विद्यार्थीहरूकाे स्वास्थ्य सुधारका लागि संस्थाले शसत्त रूपमा कार्यक्रमहरू लैजाने प्रतिव्धता व्यत्त गरेका थिए ।