
त्रीभुवन विश्वविध्यालय अन्तर्गत वन विज्ञान अध्ययन संस्थानमा पहिलो पटक विद्यार्थीहरुको नोबेल पुरस्कार भनेर चिनिने हल्ट प्राईज प्रतियोगिता आयोजना हुने भएको छ । हल्ट विजनेस स्कुल, हल्ट प्राईज फाउण्डेशन र संयुत्त राष्ट्र सङ्घको सहकार्यमा आयोजना हुने यस प्रतियोगितामा विश्वभरिबाट कुनै पनि शैक्षिक संस्थानमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विध्यार्थीले सहभागिता जनाउन पाउने छन ।
दिगो विकाश लक्ष्यमा रहेर हल्ट प्राईज फाउण्डेशनद्वारा हरेक बर्ष पेश गरिने चुनौतीमा आधारित सामाजिक उध्यमशीलतावारे प्रतियोगीले प्रस्तुती दिनुपर्नेछ । चार तहमा सञ्चालन हुने यस प्रतियोगिताको सर्वोत्कृष्ट टोलिले उत्त उध्यमशिलताको सुरुवात गर्न रु १ मिलियन डलरको पुरस्कार प्राप्त गर्ने छन ।
हल्ट प्राईज २०२०/२१ का लागि हल्ट प्राईज फाउण्डेशनद्वारा दिगो विकाश लक्ष अन्तर्गतका शुन्य भोकमरी, खाध सुरक्षा, गरीबी निवारण जस्ता लक्षहरुमा आधारित खध्य उध्यम को नमुना तयार गर्ने “फुड फर गुड” नामक चुनौती पेश गरेको छ । उत्त खाध्य उध्यमले विश्व अर्थतन्त्र लाई उत्प्रेरित गर्दै विभिन्न रोजगरिको सृजना गरी समृद्ध जीवनस्तरको प्रबर्धन गर्नुका साथसाथै खध्य व्यवस्थामा सुधार ल्याई २०३० सम्म १ करोड ब्यक्तिको जीवनमा प्रभाव पर्नुपर्नेछ ।
यस अन्तराष्ट्रीय प्रतियोगिता को एघारौँ संस्करणमा वन विज्ञान अध्ययन संस्थानमा हुने पहिलो तह अन क्याम्पस इभेन्टमा वन विज्ञान अध्ययन संस्थान, हेटौंडा क्याम्पस, वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस तथा काठमाडौं फरेष्ट्री क्याम्पसमा अध्ययनरत विद्यार्थीका २० टोलीले सहभागिता जनाउने भएका छन । मङ्सिरको दोश्रो साता हुने यस प्रतियोगितामा अन क्याम्पस बिजेताले पुरस्कार स्वरुप रु. दश हजार प्राप्त गर्नुका साथसाथै वन विज्ञान अध्ययन संस्थानका तर्फ बाट हल्ट प्राईज प्रतियोगिताको दोश्रो तह अर्थात रिजनल मा सहभागी हुन पाउने छन ।
यस प्रतियोगिताका लागि मिडिया पार्टनरका रुपमा ‘आई. सि. टि. फ्रेम’ र ‘चन्द्रागिरी न्युज’ तथा ईन्नोभेटिभ पार्टनरका रुपमा ‘मेकरभ्याली’को पनि समर्थन रहेको छ । मेकरभ्यालीले कार्तिक २० देखी कार्तिक २५ सम्म वन विज्ञान अध्ययन संस्थानको हल्ट प्राईजका प्रतियोगीहरुका लागि ‘डिजाईन थिङ्किङ्ग’ बारे ६ दिने तालिम पनि प्रदान गरेको थियो ।
वन विज्ञान अध्ययन संस्थान अन्तर्गत आयुश भट्टराईको नेतृत्वमा गठन भएको २३ सदस्य हल्ट प्राईज क्याम्पस कमिटीले यसअघी पनि प्रतियोगी विद्यार्थीहरुको सिप विकाश र नेतृत्व विकाशका लागि बिभिन्न जानकारीमुलक वेबिनारहरु पनि आयोजना गरेको थियो । किक स्टार्ट सिरिज नाम दिइएको उत्त वेबिनार शृंखलामा देश विदेश बाट विभिन्न वक्ताहरुले व्यापार रणनिती, पुँजी व्यवस्थापन, सरोकारवालाहरुसँगको सम्बन्ध, खाध्य उध्यमहरुको अवस्था, राष्ट्रिय खाध्य नितीहरुको जानकारी लगायतका शिर्षकमा प्रस्तुती दिएका थिए ।