विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको निधन

काठमाडौं जेठ १८। विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको निधन भएको छ।  काठमाडौंको मेडीसिटि अस्पतालमा उनको आज उपचारको क्रममा निधन भएको हो । कोरोना भाइरसको संक्रमण भएपछि उनलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो । त्यहाँबाट ग्राण्डी अस्पताल रिफर गरिएको थियो । ग्राण्डीबाट इक्मो प्रविधि अन्तरगत उपचारका लागि उनलाई मेडिसिटीमा लगिएको थियो ।उपचारकै क्रममा कोरोना भाइरसको पीसीआर रिपोर्ट नेगेटिभ आए पनि उनको स्वास्थ्य अवस्थामा सुधार आउन सकेको थिएँन । नेता थापालाई  आज  भेन्टिलेटरबाट निकालिएको  थियो  ।थापाको उपचारका लागि साथीभाइ र पार्टीका शुभेच्छुकहरुले परिवारसँग सल्लाह गरेर स्वतः स्फूर्तरुपमा रकम संकलन गरिएको थियो भने नेपाल सरकारले समेत सम्पूर्ण खर्च बेहोर्ने आश्वासन दिएको थियो । थापा २९ असोज २०७६ अघिसम्म विवेकशील नेपाली दलको अध्यक्ष थिए ।