सञ्चारमन्त्री बाँसकोटाले दिए राजीनामा

काठमाडौँ, ८ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँसकोटाले पदबाट राजीनामा दिनुभएकाे छ ।

सेक्युरिटी प्रेस खरिदमा स्वीस कम्पनीका एजेन्ट विजय प्रकाश मिश्रसँग ५५ करोड रुपैयाँ कमिशन मागेको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्रीमाथि राजीनामा दिन दवाब परेको थियो ।उहाँले प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख अग्नि सापकोटालाई जानकारी गराएर राजीनामा दिनुभएको हो ।

स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बास्कोटाले कमिसनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएको कुरालाई लिएर बिहीवार राष्ट्रियसभा सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी कांग्रेसले मन्त्री बास्कोटालाई बर्खास्त गरेर छानविन गर्नुपर्ने माग गर्दै आएका थिए ।