सञ्चालनमा आएको ५ दिनमै बन्द भयो कलंकी अन्डरपास, फेरी जाम सुरु

काठमाडौं । नेपालमै पहिलो पटक सुरु भएको कलंकीको अण्डरपास सञ्चालन भएको एक ५ दिनमै बन्द भएको छ । निर्माण सम्पन्न हुन बाँकी रहेको भन्दै चक्रपथ सुधार आयोजनाले अण्डरपास बन्द गरेको हो ।



jibss

आज  बिहानदेखि अण्डरपास बन्द भएको ट्राफिक प्रहरी कार्यालय, कलंकीले जानकारी दियो । ‘केही दिन परीक्षणका लागि सुरु गरिएको र निर्माण सम्पन्न गर्न केहीदिन बन्द गर्नु पर्ने भएको भन्दै हामीलाई जानकारी आएको थियो सोही अनुसार अण्डर पास बन्द गरिएको जनाएको छ ।

आयोजनाले एक सातापछि पुनः अण्डरपास सञ्चालन गर्ने जानकारी गराएको छ । अण्डरपास बन्द भएसँगै ट्राफिक जामको समस्या पुनः बल्झिएको छ । अण्डरपास बन्द भएसँगै सवारीसाधनहरु आधा घन्टासम्म जाममा बस्न बाध्य हुने भएको छ ।

चीन सरकारको सहयोगमा चक्रपथ सुधार परियोजना अन्र्तगत निर्मित कलंकी अण्डरपास यही भदौ एक गतेदेखि बिबादका बिच सुरु भएको थियो ।

सन् २०१६ मा सुरु गरिएको अण्डरपास ६ महिनाभित्र पूरा गर्ने लक्ष्य राखिए पनि पटकपटक समय थप गरिएको थियो ।