सडकमा एम्बुलेन्स समेत नचल्ने अवस्था भएपछि तारकेश्वर नगरपालिका घेराउ

काठमाण्डौ ,जेष्ठ २९। तारकेश्वर नगरपालिका वडा नं ५ स्थित   बोहोराटार- धितालचोक सडकखण्डको निर्माण कार्यमा ढिलासुस्ती भएर दुख पाएका युवाहरुले नगरपालिकामा पुगेर प्रदर्शन गरेका छन ।




लामो समय देखि निर्माणाधीन  सडकमा अहिले  एम्बुलेन्स जान नसक्ने अवस्था भएपछि तारकेश्वर ५ का युवाहरुले नगर प्रमुख  रामेश्वर बोहरा र उप प्रमुख भवानी डोटेललाई भेटेर ध्यानकर्षण गराएका हुन ।

विगत लामो समयदेखि निर्माणको लागि नगरपालिकासँग स्थानीयले बारम्बार अनुरोध गरेपनि नगरपालिकाले कुनै वास्ता नगरेको स्थानियले आरोप लगाएका छन् ।

स्थानिय युवाहरुले दवाब सिर्जना गरेसँगै नगरप्रमुख बोहोराले दुई दिन भित्र वाटोमा ग्रावेल गर्ने आश्वासन दिएका हरि तिमिल्सिनाले बताएका छन ।फोटो सौजन्य ; साझापाना र कपन अनलाइन