सतुङ्गलमा हिरा लक्ष्मी डि.एस मार्केट सञ्चालनमा

काठमाडौं, १ कात्तिक । काठमाडौंको चन्द्रागिरी–११ सतुङ्गलमा हिरा लक्ष्मी डि.एस मार्केट सञ्चालनमा आएको छ ।
कार्यक्रमका बीच सामाजिक दुरी कायम गर्दै चन्द्रागिरी नगरपालिकामा नगरकै पहिलो सुविधा सम्पन्न चन्द्रागिरी मार्केटकाे सुभारम्भ गरिएको हो ।

चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी उक्त अत्याधुनिक सुविधा सम्पन्न चन्द्रागिरि मार्केटकाे उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख गिरीले यस्ता व्यापारिक स्टोरहरू सञ्चालनले आधुनिक बजारीकरण हुने र व्यवस्थित शहर निर्माणकार्यमा महत्त्वपूर्ण हुन जाने बताए ।

आधुनिक शहरमा व्यवस्थित र मर्यादित तवरले सञ्चालनमा आएका यस्ता स्टोरहरूबाट एकै ठाउँबाट आम नागरिकहरूले सेवा पाउने भएकाले नगरकै बिकासमा थप टेवा पुग्ने मेयर गिरीको भनाइ छ ।चन्द्रागिरी मार्केटकाेका सञ्चालक धर्म रत्न श्रेष्ठले आम उपभोक्ताहरूलाई घरदैलोमै गुणस्तरीय सेवा सुविधासहित उच्चस्तरीय सेवा प्रवाहमा जोड दिने उदेश्यले मार्केट सञ्चालनमा ल्याइएको बताए ।

सञ्चालक श्रेष्ठ भन्छन,”यस परिसरको मुख्य विषय भनेको स्थानीय समुदायका युवाहरूलाई रोजगारीका अवसरहरू प्रदान गर्नु र फैन्सी उत्पादनहरूका सम्बन्धमा सजिलो र राम्रो सेवाहरू प्रदान गर्नु पनि हो।