राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको आर्थिक विकास र समृद्धिलाई गति दिन सम्पुर्ण राजनीतिक नेतृत्वले जिम्मेवारी पुरा गर्नुपर्ने बताउनुभएको छ ।
राजधानीमा भएको समृद्धिका लागि सहकार्य, राष्ट्रका निम्ति अपरिहार्य कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले मुलुकमा प्रकृतिले दिएको बरदानलाई समदुपयोग गर्न सबै पक्ष मिल्नुको विकल्प नभएको बताउनुभयो । उहा“ले पहिलेका शासकहरुले विकासका आधार तयार नपारेको भएपनि अब भने त्यो आधार बनेको जिकिर गर्दै अस्थिर सरकारले राष्ट्रको हितमा काम गर्ने दाबी गर्नुभयो । अहिले नेपाली कामदारहरु खाडी मुलुकमा गएर श्रम बेच्नुपरेको भएपनि अबका केही वर्षमा नेपालले विदेशमा विज्ञता बेच्ने तर्क गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय सभाका सदस्य तथा माओवादी केन्द्रका नेता दीनानाथ शर्माले अहिलेसम्म नेपालीको शिक्षा विदेशीलाई सेवा दिन मात्र भएको भन्दै स्वदेशमा प्रयोग गर्ने वातावरण अब बन्नेमा ढुक्क हुन आग्रह गर्नुभयो । पूर्व शिक्षा मन्त्री समेत रहनुभएका शर्माले राष्ट्रलाई भन्दापनि पैसालाई महत्व दिएकै कारण राष्ट्र निर्माणमा ढिलाई भएको टिप्पणी गर्दै सकरात्मक सोचको विकास गरि सबै पक्ष मिलेर मुलुकलाई समृद्ध बनाउन लाग्नुपर्ने जिकिर गर्नुभयो ।
कार्यक्रममा मुलुकको विकास, समृद्धि र प्रगतिको लागि कृषि, पर्यटन र जडिबुटीलाई मुख्य प्राथमिकता दिएर नीति नियमहरु बनाउनुपर्नेमा जोड दिइएको थियो । कार्यक्रममा चन्द्रागिरी नगरपालिका वडा नम्बर १ दहचोकमा सञ्चालित ऋचा सह–शिक्षा सदनका प्रमुख नवराज खड्काले शिक्षा क्षेत्रमा योगदान पु¥याएकाले सम्मान गरिएको थियो । त्यस्तै विभिन्न सामाजिक क्षेत्रमा योगदान पु¥याएका व्यक्ति, विद्यलाय, सामाजिक संस्था तथा उद्यमी र उद्योगीलाई सम्मान समेत गरिएको थियो ।
Leave a Reply
You must be logged in to post a comment.