
समाजसेवी बिजय श्रेष्ठले निषेधाज्ञाका कारण समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गरेका छन् ।
समाजसेवी श्रेष्ठले चन्द्रागिरि नगरपालिकाको नगरपालिका– ८ स्थित मातातिर्थका स्थानीय बासिन्दालाई व्यक्तिगत तथा मनकारी साथीहरूको सहकार्यमा खाद्यान्न लगायत अत्यावश्यक सामग्री सहयोग गरेका हुन् ।
निषेधाज्ञाका कारण दैनिक गुजारा चलाउन समस्या परेकाहरुलाई सहयोग गर्नुपर्छ भन्ने भावनाका कारण आफूले सानो भए पनि सहयोग गरेको श्रेष्ठले बताए ।
उनले अन्य नगरपालिकामा पनि समस्यामा परेका सर्वसाधारणलाई सहयोग गरेको जानकारी दिए ।