सर्पदंशका बिरामी बढे, सर्पले टोके के गर्ने ?

1496

चन्द्रागिरि ।

वर्षायामसँगै राजधानीमा पनि विषालु सर्पको बिगबिगी हुन थालेपछि अस्पतालहरूमा सर्पदंशका बिरामीको संख्यामा वृद्धि हुन थालेको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक १० देखि २५ जना सर्पदंशको उपचारमा आउने गरेका छन् । बिरामीमध्ये कम्तीमा पाँच जना त भर्ना नै गर्नुपर्ने अवस्थाका हुने अस्पतालका मेडिकल अफिसर डा. राकेश यादवले बताए । ‘कोही त बेहोस अवस्थामा आएका हुन्छन्,’ उनले भने, ‘कम्तीमा पाँच दिनदेखि १५ दिनसम्म भर्ना गरेर उपचार गर्नुपर्छ ।’

विशेषगरी उपत्यकाको थानकोट, टोखालगायत ग्रामीण ठाउँबाट सर्पदंशका बिरामी आउने गरेको डा. यादवले बताए । यसलगायत धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोकबाट आउनेहरूको उत्तिकै संख्या रहेको अस्पतालकी मेडिकल रेकर्ड अधिकृत सुधा ठाकुरले बताइन् ।

सर्पले टोकेमा वाककाकी लाग्ने, घाउ, नाकमुख र दिसापिसावबाट रगत बग्ने, आँखा धमिलो हुने, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखापर्ने अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक तथा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुुनले बताए । वर्षायाममा उपत्यकालगायत पहाडी क्षेत्रमा हर्रो र आँधो नामक सर्पको बिगबिगी हुने भएकाले सतर्क हुनुपर्ने डा. पुुनले बताए, इकान्तपुरमा खबर छ ।

विषालु सर्पले टोकेको १५ मिनेटभित्रै देखिने लक्षण
–     सर्प टोकेको ठाउँको छालाको रंग रातो हुन्छ । त्यो ठाउँ सुन्निएको जस्तो लाग्न थाल्छ र अति पीडा अनुभव हुन्छ ।
–     सास फेर्न असजिलो हुन थाल्छ ।
–     दृष्टि कमजोर हुन्छ । आँखा अगाडि धमिलो देखिन्छ ।
–     वाकवाकी लाग्न थाल्छ । र्‍याल आउन र अत्यधिक पसिना बग्न थाल्छ ।
–     हातखुट्टा झमझमाउन थाल्छ । हातखुट्टा संवेदनाहीन हुँदै जान्छ । पक्षाघातको लक्षण देखिन थाल्छ ।
–     स्वर भासिन थाल्छ । कुनै पनि वस्तु निल्न असजिलो हुन्छ ।
–     मांसपेशीमा कमजोरी भएर ओठ र जिब्रो नीलो हुन थाल्छ ।