स्क्राबल काठमाडौ ले वैशाख २९ मा अभिमुखिकरण तालीम सञ्चालन गर्दै: सहआयोजक ब्राइट फ्युचर मावि

सिकाईमा स्थानान्तरण अभियान अन्तर्गत स्क्राबल क्लब काठमाण्डु शाखाको आयोजनामा यही मिति २०८१/१/२९ गते काठमाडौं जिल्लाका विद्यालयहरूलाई स्क्राब्बल तालिम सञ्चालन गर्दै छ। काठमाडौ जिल्लाका बिभिन्न बिद्यालय साथै चन्द्रागिरी नगर क्षेत्रका 10 बढी विद्यालयलाई Scrabble समबन्धि अभिमुखिकरण तालिम सञ्चालन गरिदै छ। ब्राइट फ्युचर मावि को सह आयोजना रहने उक्त तालिममा Scrabble क्लब का अध्यक्ष केशव प्रसाद पराजुली, क्लब का सल्लाहकार एवम ब्राइट फ्युचर मावि का अध्यक्ष मोहन कुमार कार्की र काठमाण्डौ संयोजक बृद्ध गौतमले सहजीकरण गर्नु हुनेछ। तालिम अवधिमा Scrabble समबन्धि नयाँ कुरा साथै Gamification in Learning समबन्धि कार्यशाला सञ्चालन गरिने काठमाडौं जिल्लाका संयोजक बृद्ध गौतमले जानकारी दिए।
तालिम सञ्चालन बिहान ७ बजे देखी ब्राइट फ्युचर मावि नैकाप मा सञ्चालन हुने छ।।