हर घरमा एक खाजा घर !

चन्द्रागिरि ।

७ वर्षदेखी साबिक महादेवस्थान गा.वि.स भवन (हाल चन्द्रागिरि नगरपालिका वडा ५, ६, ७ को कार्यालय)को सटर भाडामा लिएर शैच्छिक सामाग्रीको व्यवसाय गरिरहेका टेकानपुर, थानकोटका केशव बलामी दिउँसो चिया खाजा खान कि त घरमै पुग्ने गर्दथे कि चेकपोष्ट अोर्लन्थे किनकी नजिकै कुनै खाजा घर नै थिएन्, भएकोमा पनि इच्छानुसारको खानै नपाइने । तर अहिले अवस्था फेरिएको छ, उनले चाहेको खाजा नास्ता भनेकै समयमा अाफ्नै पसल अघिल्तिर पाउँछन् त्यो पनि सुलभ मुल्यमा ।

थानकोट चेकपोष्टबाट उकालो (गणेशमान सिंह मार्ग) गोदामचोकसम्म सडकका दायाँबायाँ खाली जग्गा देख्न पाइदैँन्, बनिसकेका र केहि बन्दै गरेका घरहरूका अधिकाशं सटरमा अहिले चिया पसल तथा खाजाका पसलहरू देख्न सकिन्छ । चन्द्रागिरि केबलकार चढ्न अाउने अागन्तुकहरूलार्इ लक्षित गरि चेकपोष्टचोकदेखी चन्द्रागिरि केबलकारसम्म पुग्दा ३ दर्जनभन्दा बढि चिया पसल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । जसमा केहिमा सुविधासम्पन्न सेमिनार हल समेत रहेका छन् । कतिपय घर, जग्गाधनी अाफैँले खाजाघर सुरू गरेका छन् भने कतिपयले घर, जग्गा भाडामा लिएर ।

ब्यञ्जन फास्टफुडका संचालक संजय श्रेष्ठ अन्य दिनको तुलनामा सार्वजनिक बिदाका दिनमा व्यापार बढि हुने गरेको अनुभव बताउँछन् त्यस्तै चन्द्रागिरि युनिटी क्याफेका संचालक श्याम बलामीको पनि भनार्इ संजयकै जस्तै छ ।

चन्द्रागिरि हिल्सले संचालन गरेका र उक्त क्षेत्रभित्र सञ्चालित चिया तथा खाजा घरहरू बाहिरी क्षेत्रभन्दा केहि महंगो हुने भएकोले उक्त स्थान पुग्ने मार्गका अासपासका खाजा घरहरू शनिबार तथा सार्वजनिक बिदाका दिन भरिभराउ देखिने खाजाघर संचालकहरू बताउँछन् ।