११ लाख यात्रु उपत्यकाबाट बाहिरिए

274

चन्द्रागिरि ।

चाडबाडका लागि भनेर राजधानीबाट घर फर्कने यात्रुको संख्या बढदो छ । पछिल्लो एक सातामा काठमाडौंका चार नाकाबाट झन्डै ११ लाख ११ हजार यात्रु बाहिरिएको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

नेपाल यातायात व्यवसायी महासंघले भदौ २७ देखि अग्रिम टिकट खुल्ला गरे पछि यात्रुहरु सहज रुपमा घर जान थालेका हुन् । काठमाडौंको नयाँ बसपार्कबाट एक सातामा ५८ हजार १ सय ८७ यात्रु बाहिरिएको महानगरीय प्रहरी हेल्प डेस्कले बताएको छ ।

काठमाडौंबाट बाहिरिने यात्रुको संख्या बृद्धि भएपछि ट्राफिक प्रहरी महाशाखाले समेत यात्रालाई सुरक्षित बनाउन थानकोट,जगाती, फर्पिङ्ग र मुड्खु नाकामा सवारी चेकजाँचमा कडाई गरेको छ ।