अभिनेता इरफान खानको निधन

मुम्बई, १७ वैशाख । भारतीय अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । विगत दुई वर्षदेखि न्यूरोइनडक्ट्राइन ट्युमरविरुद्ध लडिरहेका उनको उपचारको क्रममा निधन भएको हिन्दुस्तान टाइम्सले खबर लेखेको छ ।

उनको निधनको चलचित्र निर्माता शुजित सिर्कारले पुष्टि गरेका छन् ।

स्वास्थ्य अवस्था बिग्रिएपछि उनी मुम्बईस्थित कोकिलाबेन अस्पतालमा मंगलबार भर्ना भएका थिए । मंगलबार बिहान घरको बाथरुपममा लडेपछि उनलाई आइसियूमा भर्ना गरेको हो । चिकित्सकका अनुसार उनको कोलन इन्फेक्सन बढेको थियो ।

इरफानको हालसाथै ‘अंग्रेजी मिडियम’ फिल्म रिजिज भएको थियो ।