आज गुरु पूर्णिमा

आषाढ शुक्ल पूर्णिमाका दिन आज (शुक्रबार) भव्यताका साथ गुरुपूर्णिमा मनाइँदै छ । पूर्वीय दर्शन अर्थात् सनातन हिन्दू धर्ममा गुरुको महŒव अनौठो र अनुपम रहेको हुन्छ ।

‘गु’को अर्थ अन्धकार र ‘रु’को अर्थ प्रकाश हुन्छ । यसरी अन्धकाररूपी अज्ञानतालाई प्रकाशतर्फ डो¥याउन सफल हुनेलाई गुरु भनिएको पण्डित माधवप्रसाद शर्मा बताउँछन् । ‘गिरति अज्ञानं इति गुरुअ अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्नेलाई गुरु भनिन्छ,’ उनले भने, ‘यसप्रकार गुरु नै यथार्थ ब्रह्म हो र उनकै योगदानलाई चर्चा गर्दै गुरुपूर्णिमाका दिन सम्मान गर्ने गरिन्छ ।’

गुरुपूर्णिमालाई वेदव्यास जयन्तीका रूपमा पनि मनाइन्छ । वेदव्यासले वेदवेदान्त, अठार पुराण, उपनिषद्हरू लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएका छन् । शिक्षा दिने, संगीत सिकाउनेलगायत विभिन्न ज्ञान दिनेलाई गुरु भनिन्छ । यस दिन गुरुलाई सम्मान गरी उपहारसमेत दिने गरिन्छ । कतैकतै त गुरुदक्षिणा पनि दिने चलन छ ।

पहिलेपहिले गुरु भन्नेबित्तिकै गायत्री मन्त्र सिकाउने गुरु, दीक्षा दिने गुरु र धनुबाण सिकाउने गुरु आदिलाई मानिन्थ्यो तर अहिले गुरुको परिभाषा व्यापक भएको छ । व्यक्तिगत गुण राम्रो स्वास्थ्य, आकर्षक व्यक्तित्व, मधुर स्वर, रुचि र उत्साह, धैर्य र सहनशीलता, प्रेम र सहानुभूति, आत्मविश्वास, नैतिकता र चरित्रवान् बन्न गुरुले नै सिकाउने विश्वास गरिन्छ । हाम्रो शास्त्रमा देवगुरु वृहस्पति र असुर गुरु शुक्राचार्य गरी दुई ठूला गुरुको चर्चा गरिएको पाइन्छ ।