आज वर्षकै लामो दिन र छोटो रात

काठमाडौं । असार ७, २१ जून अर्थात् आज यो वर्षको सबैभन्दा लामो दिन हो यसको अर्थ घण्टाको हिसाबले सबैभन्दा लामो घण्टाको दिन आज हुनेछ ।

 

त्यस्तै यसलाई अंग्रेजीमा समर सोल्स्टिस पनि भनिन्छ ।

के हो समर सोल्स्टिस ?

सोल्स्टिस ल्याटिन शब्दबाट बनेको हो । ल्याटिन शब्द सोलको मूल अर्थ सूर्य हो । यस्तै सेस्टेयरको अर्थ स्थिर रहनु हो । अन्य साधारण दिनभन्दा सूर्यलाई जब धेरै बेरसम्म देखिन्छ भने त्यसलाई समर सोल्स्टिस भनिन्छ । २१ जूनमा सूर्यको चक्कर लगाउँदै पृथ्वी यस्तो स्थितिमा हुनेछ जहाँ धेरै बेरसम्म सूर्यको किरण पृथ्वीमा पर्नेछ ।

किन हुन्छ यस्तो ?

वास्तवमा पृथ्वी सूर्यको चारैतिर भर्टिकल भएर चक्कर लगाउँदैन । खासमा यो आफ्नो अक्षांशमा साढे २३ डिग्री झुकेको छ र यसै अवस्थामा सूर्यलाई चक्कर लगाउँछ । चक्कर लगाउने बेला पृथ्वीको उत्तरी र दक्षिण गोलाद्र्ध यसको अगाडि आउँछ । जूनको महिनामा उत्तरी गोलाद्र्ध सूर्यको अघिल्तिर हुन्छ ।

 

साधारणतया हरेक वर्ष २० जून देखि २२ जूनको बीचमा एउटा यस्तो दिन हुन्छ जुन समयावधिको हिसाबले सबैभन्दा लामो दिन हुन्छ ।

–बीबीसी