उपत्यकाको निषेधाज्ञा एक साता थपियो

काठमाडौं– उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ । सोमबारदेखि थप हुने निषेधाज्ञा असार ७ गतेसम्म कायम रहनेछ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा एक साता थप गर्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो ।निषेधाज्ञा अवधिका बन्देजमा केही परिवर्तन गरिएको छ । तरकारी र किराना पसल ११ बजेसम्म खोल्न दिइने भएको छ भने मास्क लगाएर हिँडडुल गर्न छुट दिइने भएको छ ।निषेधाज्ञा अवधिका बन्देजमा केही परिवर्तन गरिएको छ । तरकारी र किराना पसल ११ बजेसम्म खोल्न दिइने भएको छ भने मास्क लगाएर हिँडडुल गर्न छुट दिइने भएको छ ।उपत्यकामा वैशाख १६ गतेदेखि निरन्तर निषेधाज्ञा जारी भएको छ । ,