उपत्यकामा थप २३२ जनामा कोरोना संक्रमण

काठमाडौ । नेपालमा कोरोना भाइरसका ८५५ जना नयाँ सङ्क्रमित पुष्टि भएको छ । थप सङ्क्रमितमा २७१ महिला र ५८४ जना पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ संक्रमित थपिएका छन् ।मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ३१३  जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ ।

नेपालमा २४ घण्टामा सातजनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या १६४ पुगेको छ ।