बुधवार देखि हराईरहेकी सुनमायाको शव नालाको जंगलमा भेटियो

काठमाण्डौ ,जेष्ठ २३। गत बुधवार बिहानदेखि एकाएक बेपत्ता भएकी चाँगुनारायण नगरपालिका वडा नं. ९, ताथली सौडोलकी ३९ वर्षीय सुनमाया न्हेम्हाफुकी जेष्ठ २२ गते सनिवार  मृत अवस्थामा‌ फेला परेकी छन।

बुधबार विहान घरनजिकैको खेतमा रोपाई गरेर  फर्केपछि खाना खाएर बाहिर निस्केकी ऊनी त्यसपछि सम्पर्क विहिन भएकी थिईन् । सुनमायाको शव सनिवार दिउँसो ४ बजे नालाको जंगलमा नाम्लोको डोरी पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको हो।
घटनाको कारणका वारेमा थप अनुसन्धान भैरहेको छ।