ओम सुनार र एलिना चौहानको ‘फूल भन्दा’मा प्रियंका कार्की र बिकेश शाही (भिडियो)

नेपाली गीत संगीतमा आफ्नो भिन्दै स्थान सफल गायक तथा संगीतकार ओम सुनारको स्वर रहेको नया गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘फूल भन्दा’ बोलको गीतमा ओमलाई फिमेल स्वरमा गायिका एलिना चौहानले साथ दिएका छन् ।गीतमा ओम सुनारकै शब्द ,संगीत र एरेन्ज रहेको छ ।

‘फूल भन्दा’को भिडियोमा प्रियंका कार्की र बिकेश शाहीले अभिनय गरेका छन् । मच्छेगाउँका बिकेशले सोही गीत मार्फत अभिनयमा डेब्यु गरेका हुन् । अभिनयमै करिअर बनाउने उनको योजना छ ।

भिडियोलाई कबिराज गहतराजको निर्देशन गरेका हुन् । भिडियोमा क्रिश पाण्डेको छायांकन, सुरज लामाको ड्रोन, सुशान्त बसेलको सम्पादन र राकेश शाहीको कोरियोग्राफी रहेको छ ।