कलंकी युनाईटेड युथ क्लब नैकाप गोल्डकप २०७४ को फाइनल प्रवेश गर्न सफल भएको छ |

आज भएको दोश्रो सेमिफाइनल खेलमा लकश साकोस बल्खु माथि झिनो १:० गोल अन्तरले बिजयी बन्दै कलंकी युनाईटेड नैकाप गोल्डकप २०७४को फाइनल प्रवेश गर्न सफल रह्यो | खेलको एक मात्र गोल कलंकीका सुमन लामाले पहिलो हाफमा पेनाल्टी मार्फत गरे | निकै नै प्रतिश्प्रधात्मक खेलमा युवा टोलि लकश साकोस बल्खुले उच्च स्तरको खेल प्रदर्शन गरे पनि हार टार्न भने सकेन | खेलमा लकश साकोसले केहि राम्रा मौका सिर्जना गरे पनि कलंकीका गोल कीप्पर सत्रुघन चौधरीले सबै विफल पारिदिए | रास्ट्रिय स्तरका खेलाडी र हाइ प्रोफाइल खेलाडीको बाहुल्य रहेको कलंकीका लागि युवा टोलि लकश माथि को १ गोल को अग्रता जोगाउन हम्मे हम्मे नै रह्यो |
खेलका म्यान अफ द म्याच लकश साकोसका बिशाल तामांग घोषित भए |
च न पा १५ ढुंगेअड्डा युनेश्को यस अघि नै फाइनल प्रवेश गरिसकेको छ | यहि असोज ११ गते का दिन फाइनल खेल प्रमुख अतिथि माननीय युवा तथा खेलकुद मन्त्रि श्री राजेन्द्र कुमार के सी ‘राजन’ जिउ को प्रमुख आतित्थ्यतामा समापन हुनेछ |