काठमाडौँमा परेको बर्षा पछि थानकोट–नागढुङ्गा सडक डुबानमा

काठमाडौँमा सनिबार अपरान्ह परेको वर्षाले काठमाडौँका विभिन्न ठाउ डुबानमा परेका छन् । काठमाडौँको चन्द्रागिरि नगरपालिका नागढुंगा सडकखण्ड डुबानमा परेको हो। थानकोट खरिबोट देखि महाशक्ति पेट्रोल पम्प आसपासका क्षेत्र डुवान हुँदा सडक वरिपरिका घरहरुमा समेत पानी पसेपछि स्थानियबासीले चर्को विरोध गरेका छन्। सडकमा पानी जम्दा पैदल यात्रु र सवारी आवागमनमा कठिनाई भएको छ।