काठमाडौंका सुकेधारा र अनामनगरमा सिलिण्डर विस्फोट

काठमाडौंको सुकेधारा स्थित नीलो पुलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकको मृत्यु भएको छ भने, ६ जना घाइते भएका छन् ।

सुकेधारास्थित नीलो पुल नजिकैको एक सैलुनमा ग्यास सिलिण्डर विस्फोट भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी गराउनुभएको छ ।

घाइते ५ जनाको शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी गराइएको छ । यसैगरी काठमाडौंको अनामनगरको घट्टे कुलोमा पनि बिस्फोट हुदा एकको मृत्यु भएको छ, भने एक जना गम्भीर घाइते भएका छन् । बम बनाउने क्रममा बिस्फोट भएको जनाइएको छ ।