काठमाडौं उपत्यकामा रातको १० बजेसम्म सार्वजनिक यातायात गुड्ने

काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक अब रातको १० बजेसम्म चल्ने समाचार आजकोनागरिक दैनिकले छापेको छ । यातायात व्यवस्था विभागले बेलुकाको समयमा सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुको कन्तविजोगलाई ध्यान दिँदै रातको १० बजेसम्म उपत्यकामा सार्वजनिक सवारीसाधन सञ्चालन गर्नुपर्ने निर्णय गरेको हो।

यातायात व्यवस्था विभागले बेलुकाको समयमा राती १० बजेसम्म उपत्यकामा सार्वजनिक सवारीसाधन सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ। यातायात व्यवस्था विभागका निर्देशक प्रेमकुमार सिंहले बेलुकाको समयमा सार्वजनिक सवारीसाधन चढ्ने यात्रुले सास्ती भोगेकाले गत भदौं १३ गतेदेखि सार्वजनिक सवारीसाधन रातको १० बजेसम्म अनिवार्य सञ्चालन गर्नुपर्ने नियम कार्यान्वयन ल्याएको बताए।