काठमाडौं उपत्यकामा ९८ जना कोरोना संक्रमित थपिए

काठमाडौं। काठमाडौं उपत्यकामा ९८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयले आज नियमित प्रेस व्रिफिङमा जनाएअनुसार काठमाडौंमा ८०,  ललितपुरमा ९  र भक्तपुरमा ९ जना  संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टमा देशैभर ४६८ जना नयाँ संक्रमित थपिएका छन्।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या २६ हजार १९ पुगेको जानकारी दिनुभएको छ ।

प्रवक्ता गौतमले हाल आठ हजार १९३ जनामा आइसोलेशनमा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म १७ हजार २०१ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।