काठमाडौं जिल्लाको निषेधाज्ञा थप १५ दिन लम्ब्याउने निर्णय

काठमाडौँमा १५ दिन लकडाउन थप भएको छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि काठमाडौंमा जारी निषेधाज्ञा थप १५ दिन लम्ब्याउने निर्णय भएको हो ।

प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएसी) काठमाडौंको बैठकले निषेधाज्ञाको अवधी १५ दिन थप गर्ने निर्णय गरेको हो ।

जारी निषेधाज्ञा बैशाख २९ गते सकिँदैछ । बैशाख २९ पछि पनि अब थप १५ दिन निषेधाज्ञा कायम रहनेछ ।