कीर्तिपुरमा दुर्घटना ,कारले ८ मोटरसाइकल र एउटा भ्यानलाई ठक्कर दियो

काठमाडौं ,फागुन १५ ।

काठमाडौंको कीर्तिपुरमा एउटा कारलेले ८ वटा मोटरसाइकल र एउटा भ्यानलाई ठक्कर दिँदा ३ जना घाईते भएका छन् ।

कीर्तिपुरस्थित नयाँबजारमा ठक्कर दिई भागेको कारलाई कलंकीबाट नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत कीर्तिपुरका डिएसपी रुपेश तन्डुकारले जानकारी दिएका छन।