कोरोना कहर, समाजसेवी मानन्धरको निधन

काठमाडौं। चन्द्रागिरि नगर क्षेत्रका परिचित समाजसेवी सूर्य नारायण मानन्धरको निधन भएको छ । श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि केहि दिनअघि अस्पताल भर्ना हुनुभएका मानन्धरको सोमबार राति निधन भएको हो । २४ वर्षको उमेरमा मानन्धर तत्कालीन महादेवस्थान गाउँ पञ्चायतको प्रधानपञ्चमा निर्वाचित हुनुभएको थियो ।

उहाँले प्रधानपञ्च हुँदा गरेका दुरगामी महत्वका कार्यहरूको महादेवस्थान क्षेत्रमा अझैपनि चर्चा हुने गरेको छ । समाजसेवालाई आफ्नो पेशा बनाउनुभएका चन्द्रागिरि साकोसका उपाध्यक्ष मानन्धरले चन्द्रागिरि नगरकै बृहत् खानेपानी आयोजना महादेवस्थान मातातीर्थ खानेपानी तथा सरसपफाइ उपभोक्ता समितिको नेतृत्व गरिरहनुभएको थियो ।