खुलामञ्चको अवैध सटरमा चल्यो डोजर

काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा बनाइएका सटरहरुमा डोजर चलाएको छ।

महानगरपालिकाले शनिबार डोजर लगाएर सटरहरु भत्काउन सुरु गरेको हो ।  काठमाडौं महानरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटा नेतृत्वको नगरप्रहरीसहितको टोलीले सटर भत्काउन सुरु गरेको हो ।

जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले खुला मञ्चमा ५१ वटा सटर निर्माण गरिएको थियो । सटर बनाइएको भन्दै जनस्तरबाट व्यापक विरोध भएको थियो।

२९ तलले भ्यु टावर निर्माण गर्न खुलामञ्चमा पुरानो बसपार्क सारिएको थियो ।