गोल्डस्टारद्वारा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

गोल्डस्टार बचत तथा श्रृण सहकारी संस्था लि. र महिला सशक्तिकरण अभियान नेपालले संयूक्त प्रयासमा आकस्मिक रक्तदान कार्यक्रम गरेको छ। आज बिहान च.न.पा वडा १४ स्थित मंगल मा.वि मा सो रक्तदान कार्यक्रम सम्पन्न भएको हो । बिश्व महामारीको रूपमा फैलिएको कोरोना भाईसका कारण मूलूकमा लकडाउन हुदै गर्दा रगतको अभाव हुनथालेपछि सहकारीले आफनो समाजिक दायित्व वहन गर्दै सो आकस्मिक रक्तदान कार्यक्रम गरेको सहकारीका अध्यक्ष हिरा बहादुर महर्जनले चन्द्रागिरी न्यूजसंगको कुराकानीमा बताउनुभयो। साथै, कार्यक्रममा उपस्थित वडा अध्यक्ष रामहरि बस्नेत लगायत समानसेवी, स्वास्थकर्मी, सुरक्षाकर्मी लगाएत सम्पूर्णमा धन्यवाद ज्ञापन गरे ।

कार्यक्रम स्थलमा नेपाल सरकारले जारी गरेबमोजिम मास्क, स्यानिटाइजरको प्रयोग अनिवार्य, सामाजिक दुरी कायम गर्ने लगायतका आदेशलाई पनि राम्रोसंग पालना गरेको र सहकारीले यो विपद परिस्थितिमा दुखद अवस्थामा रहेका आफना सदस्यहरुलाई राहत पनि प्रदान गरेको छ। राहत पश्चात आफुहरुको सहकारी प्रति अझ बदि विस्वास बदेको र यस्तो अवस्थामा अभिभावकिय भुमिका निर्वाहका लागि सदस्यहरुले सहकारीलाई धन्यवाद प्रकट गरेका थिए।