चन्द्रगिरि बाट मेयर र उपमेयरमा घनश्याम गिरी र इन्द्रावत्ती श्रेष्ठको प्रबल सम्भावना ।

काठमाण्डाै, वैशाख १८ ।
आसन्न स्थानीय तहको निर्वाचनमा उमेद्वारी चयनमा सत्तारुढ दलकै प्रतिनिधि चयनमा ढिलाई भएको छ । दलहरु भित्रै गुट-उपगुटको अवस्था सृजना भएका कारण चन्द्रागिरि नगरपालिकामा अझै नगरका मेयर र उपमेयर टुंगो लाग्न सकेको छैन् ।

मंगलबार उम्मेदवारहरूको मनोनयन दर्ता गर्ने तालिका अनुसार नेपाली कांग्रेसले सोमबार अबेर रातिसम्म अाफ्ना प्रतिनिधिको टुंगो लगाउने बुझिएको छ । नेपाली कांग्रेस चन्द्रागिरि नगरलार्इ सकस परेपछि जिल्ला पार्टी कार्यालय ज्ञानेश्वरमा जिल्ला पार्टी सचिव राजकुमार नकर्मी लगायत चन्द्रागिरि नगरपालिकाको पहिलो मेयर र उपमेयरको उम्मेदवार चयनमा लागिपरेका छन् । घनश्याम गिरी, राजेन्द्रविक्रम बानियाँ र वसन्तलाल महर्जन मेयर पदको उम्मेदवारको दाैडमा अघि रहेको बुझिएको छ ।   

जीवन गिरी, रामहरि बस्नेत, सुभाष घिमिरे, प्रकास श्रेष्ठ, स्वयंम थापा, शम्भुकुमार के सी, दुर्गालाल महर्जन, राजन पोखरेल, कृष्ण प्रसाद शाही, एलवहादुर महर्जन, सरोज थापा, अच्युत अधिकारी, पञ्च महर्जन, राजेन्द्र महर्जन लगायतलार्इ नेपाली कांग्रेसले चन्द्रागिरि नगरपालिकाको विभिन्न वडाहरूबा वडा अध्यका रूपमा प्रतिनिधि उठाउने बताईएको छ भने उपमेयरमा इन्द्रावत्ती श्रेष्ठको प्रबल सम्भावना देखिएको छ ।