चन्द्रागिरि नगरपालिकाका १० वटा वडा प्रदेश नं. १० ख मा

चन्द्रागिरि ।

निर्वाचन आयोगले १० र २१ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन क्षेत्रको विवरण सार्वजनिक गरेको छ ।फ।प

१८ असोजमा सूचना प्रकाशित गरी निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि निर्वाचन क्षेत्रको विवरण सार्वजनिक गरेको हो । यस अघि निर्वाचन क्षेत्र निर्धारण आयोगले नयाँ संरचना अनुसार निर्वाचन क्षेत्र निर्धारण गरेको थियो ।

काठमाण्डाै जिल्लामा प्रतिनिधि सभाका १० र प्रदेश सभाका २० निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । जसअनुसार चन्द्रागिरि नगरपालिका कुल १५ वडाहरू मध्ये वडा नंं १, १२, १३, १४ र १५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ९ मा परेका छन् भने चन्द्रागिरि नगरपालिकाका वडा नं. २, ३, ४? ५, ६, ७, ८, ९, १० र ११ निर्वाचन क्षेत्र नंं १० मा परेका छन् ।

त्यस्तै प्रदेश निर्वाचनका लागि चन्द्रागिरि नगरपालिकाका वडा नं. १, १२, १३, १४ र १५ निर्वाचन क्षेत्र नं. ९ ख मा परेका छन् । यस क्षेत्रमा नागार्जुन नगरपालिका वडा नं. ६, ७, ८, ९ र १० समावेश छन् । प्रदेश निर्वाचनका लागि चन्द्रागिरि नगरपालिकाका वडा नंं २, ३, ४, ५, ६, ७, ८, ९, १० र ११ क्षेत्र नं. १० ख मा परेका छन् । क्षेत्र नं. १० क मा किर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालिका क्षेत्र परेका छन् ।