चन्द्रागिरि नगरपालिकामा चितुवाको आक्रमणबाट दुई जना घाईते

chandragiri Leopard

काठमाडौं। चन्द्रागिरि नगरपालिकामा चितुवाको आक्रमणबाट दुई जना घाईते भएका छन् ।चन्द्रागिरि नगरपालिका–१२ ठाेस्नेधारामा मामंगलबार साँझ चितुवाको आक्रमणमा परी दुई जना घाइते भएका हुन्।

घाइते हुनेमा वाड नम्बर एक दहचाेकका ३४ वर्षिय शुशिल तामाङ र २६ वर्षिय राज पाेखरेल रहेका छन् ।

उक्त घटना घटे लगत्तै दुबै जनालाई स्वयम्भु स्थित मनमाेहन मेमाेरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल लगिएकाे थियाे । उपचार पछि मंगलबार साँझनै घर फर्किएका छन् ।