चन्द्रागिरि नगरपालिकामा कसैलाई माक्स चाहिएमा सम्पर्क गर्नु ।

काठमाडौ, १५ चैत । उद्योग बाणिज्य संघ चन्द्रागिरी चेम्बरले कारोना भाइरसको संक्रमणवाट बच्न स्थानीयबासीलाई मास्क वितरण गरेको छ ।

चन्द्रागिरी चेम्बरले महानगरीय प्रहरी प्रभाग कंलकी, महानगरीय ट्राफिक प्रहरी कंलकी र चन्द्रागिरी नगरपालिकाको १, २, ३, १०, ११, १५ नम्बर वडाका वडा अध्यक्षहरूलाई एक सय थानका दरले मास्क वितरण गरेको हो ।

उद्योग बाणिज्य संघ चन्द्रागिरी चेम्बरका अध्यक्ष रामनारायण घिमिरेले नगरपालिकाभित्र रहेको विपन्न वर्ग समुदायहरू समक्ष मास्क पुगोस भने हेतुले स्थानीय जनप्रतिनिधि मार्फत वितरण गरिएको बताउनुभयो । उहाँले नगरपालिकाको १५ वटै वडामा मास्क वितरण गरिने जानकारी पनि दिनुभयो ।

संघका सचिव श्रीहरी थापाले लकडाउनको समयमा चन्द्रागिरी नगरपालिकामा खाद्यान्न, ग्यास, औषधि लगायत दैनिक जीवनमा आवश्यक उपभोग्य सामग्री अभाव भएमा उद्योग बाणिज्य संघ चन्द्रागिरी सरोकारावाला निकायसँगको समन्वयमा उपभोक्ताहरू र आवश्यक जो कोहीलाई पनि उपभोग्य सामग्री उपलब्ध गराउन प्रयास गर्ने बताउनुभयो ।

चन्द्रागिरी चेम्बरले कुनै पनि वर्ग समुदायलाई समस्या परेको खण्डमा सहयोगका लागि आव्हान समेत गरेको छ ।

राम नारायण घिमिरे :985-108-8199

रोसन दानी: 985-124-4771