चन्द्रागिरि- सतुंगलको साल्ट ट्रेडिङ कर्पोरेसनले बिहान ११ बजे देखि ४ बजे सम्म खाद्यान्न बिक्री वितरण गर्ने, सम्पर्क नम्बर 01-5108138

काठमाडौँ, जेठ २१ गते । सरकारले बजेटमार्फत व्यवस्था गरेको खाद्यान्नसहित अत्यावश्यक दैनिक उपभोग्य वस्तुको खरिदमा २० प्रतिशत छुट दिन थालिएको छ । साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले छुटमा सामान उपलब्ध गराउने भएका हुन् ।

निषेधाज्ञा अवधिभर चन्द्रागिरि नगरपालिकाका -११ सतुंगलमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले बिहान ११ बजे देखि ४ बजे सम्म खाद्यान्न बिक्री वितरण गर्ने भएको हो।

साल्ट ट्रेडिङले पाँच जनासम्मको परिवारका लागि ग्यास (एसटीसी) एउटा, चिनी दुई केजी र नुन दुई केजी, भटमास तेल एक लिटर, दुई केजीको पिठोमा छुट दिएको छ।

साल्ट ट्रेडिङबाट विक्रि वितरण हुने प्रति केजी पिठो ४४ रुपैयाँ, चिनी ६३ रुपैयाँ २० पैसा, नून १६ रुपैयाँ, भटमासको तेल प्रतिलिटर १८८ रुपैयाँ र खाना पकाउने ग्यास प्रतिसिलिण्डर एक हजार १२० रूपैयाँमै पाइने भएको छ ।

छुटको सामान लिनका लागि परिवार एक जनाको नागरिकताको प्रतिलिपिको पछाडि सबै परिवारका सदस्यको नाम लेखिएको हुनुपर्ने छ

थप जानकारी को लागि  चन्द्रागिरि नगरपालिकाका -११ सतुंगलमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसन सम्पर्क नम्बर 01-5108138 रहेको छ