चन्द्रागिरि साकोसको १८ औं साधारण सभा: १४ प्रतिशत लाभांस र संरक्षित पुँजी फिर्ताकोष पारित

चन्द्रागिरि साकोसको १८ औं वार्षिक साधारण सभा सम्पन्नः

१४ प्रतिशत लभांस र संरक्षित पूँजि फिर्ताकोष पारित

चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. चन्द्रागिरि ७ थानकोट महादेवस्थान काठमाडौंको १८ औं वार्षिक साधारण मिति २०७६ मंसिर २१ गते शनिवार सम्पन्न भएको छ । कुल ११४४१ जना सदस्यहरुमध्ये ७८ प्रतिशत सदस्यहरुको उपस्थिति रहेको उक्त साधारण सभाले १४ प्रतिशत लाभांस र संरक्षित पूंजि फिर्ता कोष वितरणका साथै विभिन्न प्रस्तावहरु पारित गरेको छ । २०७६ असार मसान्त सम्ममा रु. १ अर्ब ७२ करोड कुल सम्पत्ति रहेकोमा यस संस्थाले रु ४ करोड २५ लाख सञ्चालन मुनाफा हासिल गर्न सफल भएको थियो भने २०७६ कार्तिक मसान्त सम्ममा संस्थाको कुल सम्पत्ति रु. १ अर्ब ९३ करोड पुग्न सफल भएको छ । आ.व. २०७५/०७६ को कारोवार बाट संस्थाले अग्रिम आयकर, बचतको ब्याजकर कट्टी, सामाजिक सुरक्षा कर लगायत विभिन्न स्रोतमा करकट्टी गरी जम्मा रु १ करोड ६२ लाख रकम कर दाखिला गरी नेपाल सरकारलाई कर योगदान गरेको छ ।
प्रमुख अतिथिको रुपमा रहनु भएका राष्ट्रिय सहकारी बैंकका अध्यक्ष श्री के.बि. उप्रेतीले चन्द्रागिरि काठमाडौं जिल्ला भित्रको नमुना सहकारी संस्था भएको हुनाले सदस्यहरुको वित्त परिचालनलाई उत्पादन र मूल्य श्रृङ्खलासंग जोडि सदस्यहरुको आर्थिक स्थितिमा सुधार ल्याउनको लागि चन्द्रागिरि साकोसलाई बैंकको तर्फबाट कुनै पनि सहयोग गर्न तत्पर रहेको विचार व्यक्त गर्नुभयो । सहकारी व्यवसायको अनुपम विशेषताको रुपमा संरक्षित पूँजि फिर्ता कोष अन्य कुनै पनि व्यसायमा प्राप्त नहुने भएकोले सहकारीमा आवद्ध सदस्यहरुलाई सम्पूर्ण वित्तिय कारोवार सहकारी मार्फत नै गर्न सुझाव दिनुको साथै राष्ट्रिय सहकारी बैंकले पनि कारोवारको आधारमा संरक्षित पूँजि फिर्ता कोष प्रदान गर्ने हुँदा सहकारी संस्थाहरुले पनि सहकारी बैंक संग ढुक्कसंग कारोवार गर्न अनुरोध गर्नुभयो । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले जनताहरुका रेमिटान्स मार्फत भित्रिएका र सहकारीमा जम्मा भएको सदस्यहरुको रकमलाई उत्पादन र रोजगारीमा जोड्नुपर्ने कुरामा जोड दिनुभयो भने नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुनका) सञ्चालक दीपक पनेरुले सहकारीहरु अब एकीकरणमा जुट्नु पर्ने धारण राख्नु भयो । चन्द्रागिरि नगरपालिका सहकारी समन्वय समितिका संयोजक केशवराज शर्माले सहकारीहरुको लक्ष्य स्मार्ट हुनु पर्ने कुरामाथि जोड दिनुभएको थियो ।

आ.व. २०७६÷०७७ मा ATM मेशिन सञ्चालनमा ल्याउनुको साथै बैंकमा रहेका सदस्यहरुको खातामा रकम ट्रान्सफर गर्ने सुविधा थप गर्ने, अनलाईन सदस्यता र ऋण प्रदान गर्ने, चन्द्रागिरिमा मात्र सदस्य बन्ने सदस्यहरुलाई बचत र ऋणको ब्याजदरमा सुविधा र सहुलियत प्रदान गर्ने, वस्त्र संग्रह तथा वितरण केन्द्र सञ्चालन गर्ने, सदस्यहरुको स्वाथ्य विमा कार्यक्रम सञ्चालन गर्ने साना उद्योग तथा व्यवसाय स्थापना गरी स्वरोजगारी सृजना गर्न सहुलियत ऋणहरु प्रदान गर्ने तथा सहकारी एकीकरण र सेवा केन्द्र स्थापना गर्ने जस्ता लक्ष्यहरु राखिएको कुरा संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी गराउनुभयो । संस्थाको कुल कारोवार २ अरब २० करोड र सदस्य संख्या १३ हजार पु¥याउने समेत लक्ष्य लिएको छ ।

संस्थाका अध्यक्ष श्री शिव शंकर मानन्धरले प्रस्तुत गर्नुभएको आ.व.२०७५/०७६ को सञ्चालक समितिको प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिका संयोजक श्री गोविन्दप्रसाद मिश्रले प्रस्तुत गर्नुभएको लेखासुपरिवेक्षण समितिको प्रतिवेदनको साथमा विभिन्न ११ वटा प्रस्तावहरुमा सदस्यहरुका विच छलफलका साथ पारित गरिएको छ ।